‘नाईँ नभन्नू ल ६’को नयाँ गीत ‘कबाट कछुवा’ सार्वजनिक

काठमाडौँ - वैशाख १ बाट १५ दिन सरेको फिल्म ‘नाईँ नभन्नू ल ६’ले नयाँ गीत सार्वजनिक गरेको छ । फिल्मले बाल गीतको रुपमा लामो समयदेखि चर्चित गीत ‘कबाट कछुवा’लाई नयाँ भर्जनमा तयार गरेको हो ।
भूपेन्द्र रायमाझीको संगीत रहेको नयाँ भर्जनलाई बेनिशा पौडेलले आवाज दिएकी छिन् । गीतमा शब्द रचना डा सुबोधकुमार पोखरेलको रहेको छ । भिडियोमा प्रियंका कार्की र एभलिना खड्का फिचर्ड छन् । भिडियोमा कविराज गहतराजको कोरियोग्राफी र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।
विकासराज आचार्यको निर्देशन रहेको फिल्म आउँदो वैशाख १५ मा प्रदर्शन हुँदैछ । फिल्ममा आँचल शर्मा र आशिर्वाद क्षेत्रीको मुख्य भूमिका रहेको छ । फिल्म भित्र केकी अधिकारी र प्रियंका कार्की अतिथि भूमिकामा रहेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया