‘आइपीएलका बाँकी खेलहरू भारतमा हुने सम्भावना छैन’

काठमाडौँ: एक साताअघि इन्डियन प्रिमियर लिग (आइपीएल) स्थगित गरियो । स्थगित आइपीएलका बाँकी खेलहरू कहाँ र कहिले हुने भन्ने विषयमा केही बताइएको छैन । केही भारतीय सञ्चार माध्यमले आइपीएलका बाँकी खेलहरु संयुक्त अरब इमिरेट्स (युएई) मा हुने लेखेका छन् । तर भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले सञ्चार माध्यममा आएका खबरहरुको पुष्टी गरेको छैन ।
यसैबीचमा बीसीसीआई प्रमुख सौरभ गागुंलीको भनाइ सार्वजनिक भएको छ । उनले आइपीएलका बाँकी खेलहरु भारतमा सञ्चालन गर्न सम्भव नरहेको र विदेशमा आयोजना स्थल खोज्न पनि सजिलो नरहेको बताएका छन् ।
भारतमा हाल कोभिड–१९ ले अत्याधिक पिडामा छ । त्यहाँ दैनिक चार हजार कोभिड–१९ संक्रमितले ज्यान गुमाइरहेका छन् भने चार लाख नयाँ संक्रमित फेला परिरहेका छन् । ‘भारतमा आइपीएल खेलाउन सम्भव छैन । विदेशमा आयोजना स्थल पाइन्छ । फेरि क्वारन्टिनको कुरा पनि आउँछ,’ गागुंलीले भनेका छन् ।
भारतले न्यूजिल्यान्डसँग जुन १८ मा विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा खेल्दैछ । त्यसअघि स्थगित आइपीएल सुचारु हुन नसक्ने पनि गागुंलीको भनाइ थियो । भारतले जुलाईमा श्रीलंकाको भ्रमण गर्ने तालिका छ । त्यसपछि विराट कोहलीको नेतृत्वमा रहेको टोली फेरि इंगल्यान्ड जानेछ । जहाँ पाँच टेस्ट खेलिनेछन् ।

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

प्रतिक्रिया