शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

सुरुङ खन्ने मेसिन पुरिँदा सुनकोशी-मरिन डाइभर्सनको काम ठप्प

सिन्धुली- सुनकोशी-मरिन डाइभर्सनमा १८ दिनदेखि सुरुङ खन्ने काम ठप्प भएको छ।

सुक्खा माटो खसेर टनेल बोरिङ मेसिन (टीबीएम) मेसिन पुरिएपछि १८ दिनदेखि काम ठप्प भएको हो ।

आयोजनाका प्रमुख मित्र बरालका अनुसार टनेल बोरिङ मेसिन पुरिएर काम ठप्प भएपछि बाइपास सुरुङ बनाएर आयोजनाको काम सुचारु गर्ने प्रयास भइरहेको छ । सो बाइपास सुरुङ बनाउनका लागि पनि कम्तिमा ७ दिन लाग्ने हुँदा झण्डै एक महिनासम्म आयोजनाको काम ठप्प हुनेछ ।  

‘सुख्खा माटो झरेर टीबीएम सुरुङभित्र पुरिएपछि त्यसलाई निकाल्न बाइपास सुरुङ खनेर निकाल्ने प्रयास गरिरहेका छौं, भित्र माटो खस्ने क्रम अझै जारी रहेकाले समस्या भइरहेको छ, यद्धपी बाइपास सुरुङ खनेर टिबिएम निकाल्नका लागि कम्तिमा एक हप्ता लाग्ने अनुमान गरी काम गरिरहेका छौं’ उनले भने । 

यसअघि पनि सुख्खा माटो खसेर टिबीएम सञ्चालनमा समस्या भएपछि ९ दिन लगाएर बाइपास सुरुङ खनेर काम सुचारु गरिएको थियो । हाल ४.६६ किलोमिटर सुरुङ खनि सकिएको छ ।