सलमानको फिल्मलाई खराब समीक्षा : निर्देशकलाई ‘हेराफेरी’बाट निकाल्न अपील

मुम्बई - ४ वर्षपछि पर्दामा फर्किएका सलमान खानले फेरि दर्शकलाई निराश बनाएको समीक्षा आएका छन् । मुस्लिमको सबैभन्दा ठूलो चाड इदको अवसर पारेर रिलिज भएको 'किसीका भाइ किसीका जान' फिल्मलाई समीक्षकले इदमा रिलिज भएको सलमानको सबैभन्दा कमजोर फिल्म मानेका छन् ।
दक्षिण भारतीय फिल्म ‘वीरम्’को रिमेक फिल्मको एक्सन ठीकै भए पनि कलाकारको अभिनय, पटकथा र निर्देशन कमजोर भएको धेरैको भनाइ छ । फिल्मलाई केही समीक्षकले ८० को दशकको अल्छी लाग्दो फिल्म भनेका छन् त कसैले पत्याउने नसकिने गरी झुर भएको बताएका छन् । केहीले भने हेरुन्जेल रमाइलो हुने प्रतिक्रिया पनि दिएका छन् ।
तर केही दर्शक भने निर्देशक फरहाद समजीसँग धेरै नै रिसाएका छन् । उनीहरूले सलमानको फिल्म मात्र होइन, ‘हेराफेरी ३’पनि बिगार्ने भन्दै उनलाई फिल्मबाट निकाल्नु पर्ने बताएका छन् । दर्शकले ‘बरु हामी टिकटको डब्बल पैसा तिर्छौँ, यो मान्छेलाई निकाल’ भन्दै फिरोज नाडियावाललाई मेन्सन गरेका छन् । सलमानले इदकै समयमा प्रदर्शन भएका ‘टाइगर जिन्दा है’, ‘बजरंगी भाइजान’, ‘सुल्तान’बाट राम्रो प्रतिक्रिया पाएका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया