परिवर्तन नेपालले भन्यो : सर्वोच्चको होइन काठमाडौँ महानगरको आदेश आएपछि मात्र फोहोर उठ्छ

काठमाडौँ- सिंहदरबारको फोहोर उठाउने जिम्मेवारी पाएकाे परिवर्तन सेवा नेपालका अध्यक्ष मित्रप्रसाद घिमिरेले काठमाडौँ महानगरपालिकाको आदेश नआएसम्म नउठाउने प्रतिबद्धता दोहोर्याएका छन् ।
शुक्रबार सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकालाई तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन आदेश दिएको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले उक्त आदेश दिएको हो ।
सर्वोच्चको आदेशपछि फोहोर कहिलेबाट उठाउनु हुन्छ भन्ने इकागजको प्रश्नमा उनले भने, 'सर्वोच्च अदालतको आदेश आए पनि काठमाडौँ महानगरको आदेश नआएसम्म फोहोर उठाउन सक्दिनँ ।‘
मेयर बालेन शाहको आदेशपछि चैत २६ गतेबाट सिंहदरबार परिसरबाट फोहोर उठ्न छोडेको थियो ।
महानगरपालिकाका प्रमुख शाहले चैत २५ गते फेसबुकमा चेतावनी दिँदै लेखेका थिए, 'सिंहदरबारको फोहोर उठ्दैन र त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने ।' मेयर शाहले स्टाटस लेखेपछि सिंहदरबारबाट फोहोर उठ्न छाडेको हो ।

खड्गी समाज द्वारा नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

प्रतिक्रिया