चिनियाँ राजदूतले भनिन् : नेपालीले कोभिड महामारीमाथि विजय प्राप्त गरुन

काठमाडौँ : उत्तरी छिमेकी चीनले अनुदानमा उपलब्ध गराएको अक्सिजन र भेन्टिलेटरको पहिलो खेप मंगलबार काठमाडौँ आइपुग्ने भएको छ । चिनियाँ राजदूत होउ यान्छीले यसबारेमा ट्वीटमार्फत जानकारी गराएकी हुन् । 'मैत्रीपूर्ण नेपाली नागरिकले महामारीविरुद्ध शीघ्र विजय प्राप्त गर्नेछन भन्ने हाम्रो कामना छ ,’ उनले ट्वीटरमा लेखेकी छिन् ।
यान्छीले चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र चिनियाँ अधिकारीले हात मिलाएको तस्बिर सार्वजनिक गर्दै अक्सिजन र भेन्टिलेटरका थानहरू पनि पाेस्टेकी छन् । चीनले कोभिडको महामारीबाट नेपालले छिट्टै विजय हासिल गर्न शुभेच्छा सहित यस्तो सहयोग गरेको हो ।
अक्सिजन सिलिण्डर लिनका लागि नेपाल वायुसेवा निगमको (सोमबार) एयरबस ३३० जहाज चीनतर्फ राति साढे ११ बजे उड्नेछ । अक्सिजन सिलिन्डर लिएर मंगलबार बिहान ८ बजे स्वदेश आइपुग्ने छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीनबाट ४ सय थान अक्सिजन सिलिन्डर ल्याइनेछ । १ सय ७० थान अक्सिजन कन्सर्नट्रेटर पनि ल्याउन लागिएको मन्त्रालयका कोरोना फोकल पर्सन महेन्द्र श्रेष्ठले जानकारी दिए ।
चीनबाट कुल २० हजार सिलिन्डर ल्याउने तयारी सरकारले गरेको छ। पहिलोचरणमा ४ सय थान मात्र ल्याउन लागिएको हो । पछिल्लो समय मुलुकमा दोस्रो चरणको कोभिड फैलिएपछि अक्सिजनको माग ह्यवात्तै बढेपछि । सरकारले सिलिण्डर अभाव भएपछि पहिलोपटक चीनबाट ल्याउन लागेको हो ।
The first batch of oxygen cylinders and ventilators donated by the Chinese government will arrive in Kathmandu tomorrow! We wish friendly Nepali people an early victory over the pandemic!💪💪💪 pic.twitter.com/v2r0ceP8hC
— Ambassador Hou Yanqi (@PRCAmbNepal) May 10, 2021

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया