कोभिडबाट थप एकको मृत्यु, ७८ जनामा संक्रमण

काठमाडौँ- कोभिड-१९ संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ७८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार १४८ नमुना परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२४ र एन्टीजेनबाट ९२४ नमुना परीक्षण गर्दा पीसीआरबाट २० र एन्टिजेनबाट ५८ को रिपोर्ट पोजिटिभ आएको हो ।
यस अवधिमा ५० जना संक्रमित निको भएका छन् भने सक्रिय कोभिड संक्रमितको संख्या ३८३ पुगेको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया