नेकपाले बोलायो स्थायी समिति र केन्द्रीय समिति बैठक, ओलीले छुट्टै प्रतिवेदन पेस गर्ने

कठमाडौं : सत्तारुढ दल नेकपाको सचिवालय बैठक आगामी १८ गते स्थायी समिति र २५ गते केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गर्दै सकिएको छ ।
मंसिर १५ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक सारेर २५ गते पुर्याउने निर्णय सचिवालय बैठकले गरेको हो । यसअघि कात्तिक १५ गतेका लागि बोलाइएको बैठक सारेर मंसिर १५ गते पुर्याइएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आन्तरिक विवाद सल्टाउन स्थायी समिति र केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
स्थायी समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले छुट्टै प्रतिवेदन पेस गर्ने छन् ।
सचिवालय बैठक पुनः १५ गते बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

बकर ईदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव

विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष दाहाल

प्रतिक्रिया