भोट हाल्न आएकालाई सातु र सर्बत

भरतपुर । आज चितवनसहित तनहुँ र बारामा उपनिर्वाचन भइरहेको छ । उपनिर्वाचनसँगै आज धार्मिक महत्त्वको अक्षय तृतीया पर्व पनि हो । हरेक वर्ष वैशाख शुक्ल पक्षको तृतीयालाई अक्षय तृतीयाको रुपमा मनाउने गरिन्छ । आजको दिन सातु र सर्बत खाने चलन छ ।
चितवनमा उपनिर्वाचन अन्तर्गत मतदान चलिरहँदा मतदानस्थल वरपर सातु र सर्बत वितरण गरिएको छ । श्री वैष्णाव महिला परिषद् चितवनले भरतपुरका विभिन्न मतदान स्थल वरपर सातु र सर्वत वितरण गरेका छन् । `अरुबेलामा चोक चौतारामा बसेर सातु र सर्बत वितरण गरेका थियौं´, परिषद्की अध्यक्ष तुलसी न्युरेले भनिन् - `आज चुनावको दिन भएकाले मतदान केन्द्र अगाडि मतदातालाई लक्षित गरेर जौको सातु र सख्खर जल वितरण गरेका छौँ । हामीले दिनभरी नै यो कार्यक्रमलाई निरन्तरता दिनेछौँ ।´ परिषद्ले श्री मावि लंकू बाह्रघरे र श्री लक्ष्मी मावि धर्मचोकमा सातु र सर्बत वितरण गरेको छ । जिल्लाका अन्य मतदानस्थल अगाडि पनि विभिन्न सामाजिक संघसंस्था र व्यक्तिले पनि सर्बत र सातु खुवाएको देख्न सकिन्छ ।
आजको दिनमा गरिने दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । अक्षय तृतीयाका दिन पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने विधान छ ।
ब्रह्मा–विष्णु–महेश्वरको आवाहन गरी घडा र जौको सातुलगायत शीतलता प्रदान गर्ने वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने पुराणमा उल्लेख छ । आजको दिन वृद्धवृद्धालाई छाता र लौरो दान गर्ने चलन पनि छ ।

१ सय बर्ष पछि मठा फल्चाको पुनर्निमाण गरिँदै

नेपाल बारमा मिश्रको प्यानलै विजयी

कपालमा फिटकरी लगाउँदा हुनेछ धेरै फाइदा

मोटो व्यक्तिलाई लाग्न सक्छ यी १६ प्रकारको रोग
एलओडी क्लब विश्वकै ४४ औं स्थानमा उक्ल्यो
काठमाडौँमा वर्षा, मौसमविद् भन्छन्- अब तुवाँलो हट्दै जान्छ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया