रक्तदान गरेर मनाए मदनकृष्ण श्रेष्ठले जन्मदिन

काठमाडौँ - अग्रज कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो जन्मदिन रक्तदान कार्यक्रमको आयोजना गरेर मनाएका छन् ।
आइतबार आफ्नो जन्मदिनको अवसरमा पाटन दरबार क्षेत्रमा रक्तदान कार्यक्रमको आयोजना गरी मनाएका हुन् । सो अवसरमा अग्रज कलाकार हरिवंश आचार्य, केदार घिमिरे, किरण केसी लगायतका कलाकारको उपस्थिति रहेको थियो । रक्तदान जीवनदान भन्ने नारासहित उनले आफ्नो जन्म दिन भव्यताका साथ बनाएका हुन् ।
अन्य वर्षहरुमा भन्दा यस पटक फरक तरिकाबाट जन्मदिन मनाएको उनले बताए । जन्मदिनको अवसरमा राखिएको रक्तदान कार्यक्रममा कलाकारहरु र आम सर्वसाधारणहरुसमेत रक्तदानका लागि कार्यक्रम स्थल पुगेका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया