हत्या आरोपमा धनुषाबाट ३ जना पक्राउ

जनकपुरधाम : धनुषा प्रहरीले हत्या आरोपमा धनुषाबाट ३ जनालाई पक्राउ गरेको छ । गत कात्तिक ३० गते गणेशमान चारनाथ नगरपालिका ९ बरमझियामा कुटपिटबाट मृत्यु भएका वडा नम्बर २ निवासी सरोज साहको हत्या आरोपमा उनीहररुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा स्थानीय पवन शर्मा, श्रवण शर्मा र प्रमोद महरा रहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रमुख प्रहरी निरीक्षक तिर्थ कार्कीले जानकारी दिए ।
उनका अनुसार बरमझियाकै एक पसलमा बसेको बेला सामान्य विवाद हुँदा कुटाकुट भएको थियो । कुटाइबाट साह गम्भीर घाइते भएका र उपचारको क्रममा विराटनगरस्थित एक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले बताए ।
घटनाकै दिन आरोपितहरुलाई कुटपिटको आरोपमा पक्राउ गरिएको थियो । तर साहको मृत्यु भएपछि आरोपितलाई नियन्त्रणमै राखि अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सिरहाका किसानको आशाः कमला र खुट्टीखोला नहर

मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

धारिलो हतियार प्रयोग गरी बालिकाको हत्या

अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप
_j0pHGa9OqC_z0sfjwqxuvlbjkopkitgu6vlfl7hptuivphdr9h0ovej1ikmzzv055zyfep3_Zzy6nu3HdY_ii7ag5vebxzxezm2frnqye8uyulcazer8s8siaxzqf0gbrzto3cmkffbvknu.jpg)
नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण

मधेशमा डिपबोरिङ जडान सुरु

स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ

प्रतिक्रिया