ज्ञान ब्राण्डका आँटा, मैदापछि अब बजारमा मह पनि पाइने

काठमाडौं– के.एल. दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मह नेपाली बजारमा ल्याएको छ । स्थानीय रुपमा उपलब्ध विभिन्न बहुमूल्य वनस्पतिहरूमा चरन गरेका मौरीहरूबाट उत्पादन गरिएको मह कम्पनीले बजारमा ल्याएको हो ।
स्थानीय किसानहरूद्वारा स्थानीय रुपमै उत्पादित सामानहरुको प्रवर्द्धन गर्ने उद्धेश्यले यस महको उत्पादन सुरु गरिएको पनि कम्पनीले जनाएको छ ।
खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाबाट यसको स्वाद र गुणस्तरको परीक्षण गरि उपभोगको लागि उत्कृष्ट रहेको ठहर गरेका छन् । ज्ञान मह को गुणस्तर यस्को प्राकृतिक र मिठो बास्नाबाट पनि आंकलन गर्न सकिने जनाइएको छ। मह प्राचीन कालदेखि मानव जातिमा परिचय गराइएको सबैभन्दा मूल्यवान प्राकृतिक उत्पादनहरू मध्ये एक हो । मह एक पौष्टिक उत्पादनको रूपमा मात्र नभई परम्परागत चिकित्सामा वर्णन गरिएको र घाउ निको पार्ने लगायत अन्य क्लिनिकल अवस्थाहरूको वैकल्पिक उपचारको रूपमा पनि प्रयोग गरिन्छ । मह भिटामिन र अन्य पोषक तत्वहरूले भरिपूर्ण रहेको छ । उपवासको समयमा बढी उपभोग हुने मह दैनिक स्वस्थ पौष्टिक खाजाहरुमा मिसाएर पनि उपभोग गर्न सकिन्छ ।
ज्ञान मह मुख्य डिपार्टमेन्ट स्टोरहरूका साथसाथै स्थानीय किराना पसलहरुमा २५० ग्राम, ५०० ग्राम र १ के। जि प्याकमा उपलब्ध छ ।
के.एल. दुगड समूहले लोकप्रिय ब्राण्ड ज्ञानका ज्ञान चक्की आँटा, ज्ञान मैदा जस्ता लोकप्रिय उत्पादनहरू पनि लामो समयदेखि नेपाली बजारमा उपलब्ध गराउँदै आइरहेको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_mve9Uo7ePh_clejgu2ljmi9gfl6gglknlysru1ckt6infkrijrgegazzdakru00r5yhe3zd.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया