सन्दिप लामिछानेको मुद्दा न्यायाधीश ढकालको इजलासमा, आजै फैसला आउन सक्ने

काठमाडौँ- क्रिकेटर सन्दिप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा परेको छ ।
काठमाडौँ जिल्ला अदालतले सम्भवतः आज सुनाउने फैसलाका लागि न्यायाधीश ढकालको इजालसमा पेशी तोकिएको हो । पेशी चौथो नम्बरमा छ ।
नेपाली राष्ट्रिय क्रिकेटका पुर्वकप्तान लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुन लागेको हो । बहस सकिएको खण्डमा आजै फैसला आउनेछ ।
अदालतको आदेश अनुसार पीडित किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक तथा क्रिकेटरहरूको बकपत्र गराउन छुटेको तथा सो कार्य गत बुधबार सम्पन्न भएपछि आजै फैसला हुन सक्ने बुझिएको छ । गत बुधबार चिकित्सक र क्रिकेटरसहित ३ जनाको बकपत्र गराइएको थियो ।
नाबालिग बलात्कारका मुद्धामा पुर्पक्षका लागि थुनामासमेत परेका लामिछाने उच्च अदालतको आदेशबाट रिहा भएका थिए । उनी जेल बाहिर नै बसेर अहिले मुद्धा लडिरहेका छन् ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया