कैलालीमा जेठ ६ गतेसम्म लम्बियो निषेधाज्ञा
धनगढी : कैलालीमा जारी निषेधाज्ञा जेठ ६ गतेसम्म लम्ब्याउने निर्णय भएको छ । कोभिड संक्रमण झन बढ्न थालेको भन्दै जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र कैलालीले जेठ ६ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि बैशाख १६ गतेदेखि २२ गतेसम्म र त्यसपछि बैशाख २३ गतेदेखि बैशाख मसान्तसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको थियो । सोमबार कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बसेको डीसीसीएमसीको बैठकले यस्तो निर्णय गरेको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण जिल्लामा समेत तीव्र रुपमा बढ्दै गइरहेको र दिन प्रतिदिन संक्रमणको जोखिम उच्च हुँदै गएपछि जिल्लाका अस्पतालहरुमा क्षमताभन्दा बढी बिरामी उपचारका लागि आएपछि निषेधाज्ञा लम्ब्याइएको हो । निषेधाज्ञा थप कडा पार्ने पनि डीसीसीएमसीले निर्णय गरेको छ ।

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया