बहराइनका राजकुमारसहितको टोलीद्धारा सगरमाथाको सफल आरोहरण
काठमाडौँ : यस सिजनको पहिलो आरोही टिमका रुपमा बहराइनका राजकुमारसहितको टोलीले सगरमाथाको सफल आरोहण गरेको छ । राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफा सहितको टोलीले बिहान ६ बजेर ४० मिनेटमा सगरमाथाको सफल आरोहण गरेको हो ।
पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार आरोहीहरु बिहान पौने सात बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् । यो सिजन सगरमाथा चढेको पहिलो टोलीको व्यवस्थापन सेभेन समिट प्रालिले गरेको छ । उसले बहराइनका राजकुमारसहितको टोलीले सगरमाथाको सफल आरोहण गरेको तस्बिर सार्वजनिक गरेको हो ।
बहराइनका राजकुमारसहितको टोली नयाँ उचाईको सगरमाथा आरोहण गर्ने पहिलो आरोही टिम बनेको छ । सगरमाथाको नयाँ उचाइ आठ हजार आठ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि बहराइनका राजकुमारसहितको टोलीले पहिलो आरोहण गरेको पर्यटन विभागकी निर्देशक आचार्यले बताइन् ।
बहराइनका राजकुमारको टिमले गएको वर्ष लोबुचे र मनास्लु हिमालको सफल आरोहण गरेको थियो । सगरमाथा चढ्ने आरोही र केही पथप्रदर्शकमा कोभिड संक्रमण भएको समाचार विदेशी सञ्चारमाध्यमले लेखिरहेका बेला बहराइनका राजकुमारसहितको टोलीले पहिलो सफल आरोहण गरेपछि यस सिजन सगरमाथा आरोहणका लागि अनुमति लिएका सबै टोलीले सहजै आरोहण गर्न सक्ने देखिएको छ ।

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_MB2qcY6SWz_2sdr4rt4qtjbwc7uaoa0bniawlnrvvp6eov0ld0hibsf5sxlubo8nlownfyv.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

स्वर्गको टुक्रा गौरी टाप
_G1oewkanyv_x8i5fgw6dp0q2il60lu3eie0awigvvaee70vmg49yqnurdt1ukzbnyvemp4w_1NSpq7XjC9_lbwucg3cbwxjcc0azvm77cwyiwtadjbuzo6enjzhgqamrj1jfcipo9ddgrpd.jpg)
प्रतिक्रिया