मकवानपुरमा पूर्ण विद्युतीकरणका लागि सांसद बर्तौलाको कसरत

मकवानपुर- मकवानपुर निर्वाचन क्षेत्र न २ बाट निर्वाचित संघीय सांसद महेश बर्तौला र नेपाल विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिमिङबीच मकवानपुरमा पूर्ण रूपमा विद्युतीकरण गर्ने विषयमा छलफल भएकाे छ ।
मकवानपुरका राक्सिराङ्ग, कैलाश तथा मनहरीका केही गाउँमा अझै पनि विद्युत् नपुगेको जानकारी प्राप्त भएपछि सांसद बर्तौला घिमिङसँग छलफलका लागि प्राधिकरणको कार्यालयमा नै पुगेका थिए ।
बर्तौलासँगै विद्युतीकरणका विषयमा छलफलका लागि प्राधिकरण पुगेका राजन लामाका अनुसार बर्तौलाले महानिर्देशक घिमिङलाई मकवानपुरमा सडकको बीचमा पिच तथा ढलान गरिएको अवस्थामा विद्युतको पोलको बारेमा समेत चर्चा भएका थियो ।
मकवानपुरको मनहरी गाउँपालिका र थाहा नगरपालिकाको मार्खु सबस्टेसनको ३३ केभीको प्रशारण लाइनको काम सम्पन्न हुन ढिलाइ भएको, गाउँगाउँमा रहेको काठको पोल विस्थापन गरी फलामे पोल राखिनुपर्ने, ट्रान्सफर्मरहरू थप गर्नुपर्ने तथा परिवर्तन गर्नुपर्ने अवस्थामा रहेको लामाले बताए ।
बर्तौलाले केही गाउँमा राम्ररी बत्ती बाल्न पनि भोल्टेजको समस्या रहेको बताउँदै यी कठिनाइलाई कसरी समन्वयात्मक हिसाबले समाधान गर्नेबारे छलफलको सुरुवात गरेका थिए ।
विद्युत् प्राधिकरणका महानिर्देशक घिमिङले आफू कार्यान्वयन गर्न बसेकाले जहाँ विद्युत् पुगेको छैन त्यहाँ तत्कालै विद्युत पुर्याउने कदम चालिने बताए । छलफलकै क्रममा घिमिङले फोनमार्फत् मनहरी सबस्टेसनको कामको प्रगतिको विवरण मागेका थिए ।
एक महिनाभित्र सबस्टेसनको सबै काम सक्न मातहतका कर्मचारीलाई निर्देशन दिए । नेपालमा भौतिक पूर्वाधारको विकासहरू मध्य सडक सञ्जालको विकास अत्यधिक भएकोमा खुसी व्यक्त गर्दै सडक खनेर सडकबीच भएका पोलहरू सार्न सम्बन्धित गाउँपालिकाकाे २० प्रतिशत र नगरपालिकाकाे ३० प्रतिशत र बाँकी प्राधिकरणको लगानीमा आफूले पोल सार्ने कार्यविधि बनाएर काम अघि बढाएको बताए ।

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

सम्पदाको उत्खनन एवम् संरक्षण गर्दै चाँगुनारायण

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

छोरी भेट्न गएका प्रजा मृत भेटिए

प्रतिक्रिया