भारतको मध्यप्रदेशको न्यूनचापीय प्रणालीले नेपालमा वर्षा

काठमाडौँ- पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा गराएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार भारतको मध्यप्रदेशमा रहेको न्यूनचापीय प्रणालीले गर्दा नेपालमा वर्षा गराएको हो । भोलिदेखि न्यूनचापीय प्रणाली कमजोर भएर मौसममा क्रमिक सुधार आउनेछ । 'नेपालको पश्चिम क्षेत्रनजिक भारतको मध्यप्रदेशमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावले वर्षा गराएको हो, दिउँसोभन्दा कमजोर अवस्थामा पुगेकाले भोलिदेखि केही सुधार हुन्छ,' मौसमविद् अधिकारीले भने ।
पश्चिमी वायुको प्रभाव रहिरहने हुनाले आगामी दिनमा विशेष गरी देशका पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको उनले उल्लेख गरे । आज दिउँसो काठमाडौँमा हल्का वर्षा भएको छ । काठमाडौँमा ११ दशमलव छ मिलिमिटर वर्षा मापन गरिएको छ । देशका अन्य भेगमा पनि हल्का वर्षा भएको छ ।
महाशाखाले साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा रातिको समयमा लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा मौसम बदली रही पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।
भोलि मङ्गलबार पनि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणमा विज्ञको जोड

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

प्रतिक्रिया