बाँकेमा थप १२ जना संक्रमितको मृत्यु
बुटवल : बाँकेमा पछिल्लो १४ घण्टामा थप १३ जना कोभिड संक्रमितको मृत्यु भएको छ । सोमबार ४ बजेपछिको मृत्युको विवरण सार्वजानिक गर्दै डीसीसीएमसी बाँकेले मंगलबार बिहान ८ बजे सम्ममा १३ जनाको मृत्यु भएको जनाएको छ ।
मृतकमध्ये ६ जना बर्दिया, १ जना रुकुम र ५ जना बाँकेका छन् । मृत्यु हुने बर्दिया बाँसगढीका ७३ वर्षीय पुरुषको सोमबार साँझ ४ः३० बजे भेरी अस्पतालमा मृत्यु भएको थियो भने गुलरिया ६ का २१ वर्षीय पुरुषको पनि सोही अस्पतालमा साँझ ६ बजे मृत्यु भएको थियो ।
त्यसैगरि भेरीमै उपचारारत बारबर्दिया ६ की ६३ वर्षीया महिलाको सोमबार राती १० बजे, बढैयाताल ३ बर्दिया की ७८ वर्षीया महिलाको आज बिहान ५ः३० बजे, बाँसगढी ५ बर्दियाका ६० वर्षीय पुरुषको सोमबार राती १० बजे तथा भेरी अस्पतालमै उपचाररत बढैयाताल बर्दियाका ३० वर्षीय पुरुषको आज बिहान ४ बजे मृत्यु भएको छ ।
यता बाँकेमा भेरी अस्पतालमा उपचारारत नेपालगन्ज १० का ६८ वर्षीय पुरुषको सोमबार साँझ ५ः४० बजे, खजुरा गाँउपालिका ३ का ५२ वर्षीय पुरुषको आज बिहान ४ बजे, जानकी ४ की ४५ वर्षीया महिलाको पनि बिहान ४ बजे नै मृत्यु भएको छ ।
त्यसैगरि कोहलपुर ८ का ६२ वर्षीया पुरुषको मेडिकल कलेज कोहलपुरमै सोमबार राती ७ः१५ मा मृत्यु भएको छ भने होम आइसोलेशनमा रहेका खजुरा २ का ८८ वर्षीय पुरुषको सोमबार राती ११ः१० बजे मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिए ।
ओलीका अनुसार भेरी अस्पतालमा बैशाख २६ गतेबाट उपचाररत सिस्ने ३ रुकुमका ५३ वर्षीय पुरुषको पनि सोमबार राती ८ बजे मृत्यु भएको छ । उनीहरुको मृत्यु भएसँगै बाँकेमा जिल्लाभित्रका १९६ जना र जिल्ला बाहिरका १४८ जना कोभिड संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

रुपन्देहीमा चट्याङ लागेर यादवको मृत्यु

बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

बजेट अभावमा विद्यालय भवन अधुरो

पश्चिम नेपालका क्यान्सरका बिरामीलाई नजिकै उपचार सेवा

संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान

नेपालगञ्जमा दुई हजार दुई सय करदाता निलम्बन

प्रतिक्रिया