चितवन-२ मा रविको मतान्तर बढ्दो, ३७०४ मतले अगाडि

भरतपुर- चितवन-२ मा आइतबार भएको उपनिर्वाचनको ताजा मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन् ।
ताजा परिणाम अनुसार घण्टी चिह्नलाई ६५६८ मत प्राप्त भएको छ । लामिछानेलाई पछ्याउँदै नेकपा एमालेका रामप्रसाद न्यौपानेले २८६४ मत प्राप्त गरेका छन् । न्यौपानेभन्दा लामिछाने ६५६८ मतले अगाडि छन् । त्यसैगरी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठलाई २६८८ मत प्राप्त भएको छ ।
अहिलेसम्म १२५४८ मत गणना भएको छ । आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना चितवन उद्योग संघ भरतपुरको हलमा चलिरहेको छ ।
चितवन–२ मा कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका जीवलाल पुरीसहित २२ उम्मेदवार छन् ।
यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो । यसमा ७८ हजार दुई सय ७७ मतदाताले मतदान गरेको प्रारम्भिक तथ्यांक रहेको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका थिए । जसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिंगी रहेका छन् ।

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन्ः भण्डारी

मेरो मुल्य मान्यता र निष्ठा बिचलित भएको छैन्ः भण्डारी

पार्टी निर्माणमा सहभागी हुन एमाले कार्यकर्तासमक्ष भण्डारीको आब्हान (प्रेस बिज्ञप्त…
%2520copy_EH5pI3r0VR_hbj9qa4xxyrbjpmzk9nfrqp1bdp34uhjxdtegapwzrwsnplduragizehmyhg_Uz21vhIV7c_xjy7kn2zpphsrsqxhupq2xbvpragiscywmxinczf1eiurjzyhx2z83gpkc1f.jpg)
प्रधानमन्त्री ओलीद्वारा तराई-मधेसको सुक्खा क्षेत्रको अवलोकन
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया