चलचित्र 'काँडेतार' प्रर्दशनमा राेक

काठमाडौँ - सरकारले चलचित्र 'काँडेतार'लाई प्रर्दशनमा रोक लगाएको छ । चलचित्र सेन्सर बोर्डले चलचित्रका केही सम्वाद र दृश्यहरूमा आपत्ति जनाउँदै प्रदर्शनमा रोक लगाएको हो ।
बोर्डले ती दृष्य काट्न भनेको थियो । तर, चलचित्र निर्माण टिम कुनै सम्वाद र दृष्यमा कैची चलाउन तयार नभएपछि बोर्डले प्रदर्शनमा रोक लगाएको हो ।
निर्माता, निर्देशक र नायक नवल खड्काले कुरामा कुनै पनि दृश्य र सम्वादमा कैंची नचलाई चलचित्र प्रदर्शन गर्न आफूले अनुरोध गरेको बताए । कुनै पनि दृश्य वा सम्वादहरू नकाटी जस्ताको त्यस्तै दर्शकसामु पुर्याउने उनको भनाइ छ । बोर्डले प्रदर्शन अनुमति नदिए न्यायका लागि अदालतसमेत जान सक्ने उनले बताए ।
सामना फिल्मस् प्रालिद्वारा निर्मित चलचित्र खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया