गण्डकीकाे सरकार गठनका लागि आह्वान

पाेखरा। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री खगराज अधिकारीले वैशाख ९ गते सदनबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख गुरुङले नयाँ सरकार गठनका लागि वैशाख १४ गते दिउँसो ४ बजेसम्मको समय दिएका छन् ।
नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि उनले आह्वान गरेका हुन् । अधिकारी सरकार पनि यही धारा अनुसार गठन भएको थियो । प्रदेश सभामा कुनै पनि दलको प्रष्ट बहुमत नभएको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था धारा २ ले गरेको छ ।
प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता एवं वेटिङ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित कांग्रेसका सबैजसो सांसद काठमाडौं भएकाले आजै सरकार गठनको सम्भावना भने देखिएको छैन । बुधबारसम्म गण्डकीमा सरकार बनिसक्ने अनुमान गरिएको छ ।
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_tv8Q8f0IPE_tfwtuxsvykcb3u604fsxvuy4armamjwghblh2kb8ypl6dvtargrwrvvmdc4n.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

प्रतिक्रिया