गण्डकीमा सरकार गठनका लागि आह्वान

गण्डकी - गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार तीन दिन (वैशाख १४ गते दिनको ४ बजे) भित्रमा सरकार गठनका लागि आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यस धारामा कुनै पनि दलको स्पष्ट बहुमत नभएका अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्न सक्ने व्यवस्था छ ।
यसअघि वैशाख ९ गते नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि प्रक्रिया बढेको हो ।

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

पर्यटक र पूर्वाधार कुरेर बसेको लाखेत

पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

हलगोरु पाल्ने १७८ किसानले पाए पोषणभत्ता

प्रतिक्रिया