प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनमा छलफल गर्न माग
काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद पन्तले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे सञ्चार माध्यमबाट जानकारी पाएको भन्दै सदनमा जानकारी गराउन माग गरे ।
भारतले बोलाएको खण्डमा प्रधानमन्त्री प्रचण्ड भारत जानु उपयुक्त हुने बताउँदै उनले हालसम्म भारत भ्रमणको मितिसमेत तय भइनसक्दा पनि प्रधानमन्त्री ‘भारत जान्छु, भारत जान्छु भन्नुहुन्छ’ भन्ने अभिव्यक्ति दिने गरेको भन्दै आपत्ति जनाए । ‘संसद्मा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल हुनुपर्छ,’ उनले भने ।
भारत भ्रमणका क्रममा असमान सन्धि, सम्झौता लगायतका विषयमा छलफल गर्नुपर्ने उनको भनाइ छ । भारत भ्रमणमा जाँदा संसद् र प्रमुख प्रतिपक्षी दलको समर्थन लिएर जानुपर्ने सांसद पन्तले बताए ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया