बीटीएस गायक जिमिन जस्तो देखिन सर्जरी गर्दा २२ वर्षीय क्यानेडियन अभिनेताको निधन

लन्डन- क्यानेडियन अभिनेता सेन्ट भोन कोलुकीको २२ वर्षको उमेरमा निधन भएको छ । अभिनेता सेन्टले बीटीएस गायक जिमिन जस्तो देखिन १२ पटक सर्जरी गरेका थिए ।
२२ वर्षका अभिनेता केही दिनमै एउटा अमेरिकी प्लेटफर्मका लागि बन्न लागेको सांगीतिक सिरिजमा अभिनय गर्ने तरखरमा थिए । गत शनिबार उनको चिउँडोको सर्जरी भएको थियो । यही सर्जरीमा गडबड भएपछि उनको निधन भएको लन्डनबाट प्रकाशित हुने समाचारमाध्यमले उल्लेख गरेका छन् ।
यसअघि उनले अनुहार, नाक, आँखा, परेला तथा ओठको सर्जरी गरेका थिए । सेन्ट सन् २०१९ मा संगीतमा करिअर बनाउन क्यानडाबाट दक्षिण कोरिया बसाइँ गएका थिए । गत साल उनले कोरियन सिरिज ‘प्रिटी लाइज’मा अभिनय गरेका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया