अमेरिका, क्यानडा र अस्ट्रेलियाबाट आएको रेमिटेन्स दाबी गर्दा ५० रुपैयाँ बोनसमा निरन्तरता

काठमाडौं – आइएमई डिजिटल सोलुसन लिमिटेडले ‘आइएमई पे’मा अमेरिका, क्यानडा र अस्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई दिइने ५० रूपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ ।
संसारको जुनसुकै कुनाबाट आउने रेमिटेन्स ‘आइएमई पे’मा कन्ट्रोल नम्बर राखी दावी गर्दा ५० रूपैयाँ रकम बोनसको रुपमा प्रदान गरिँदै आएको छ ।
‘आइएमई पे’ले सो बोनस रकम आगामी दिनहरू मा पनि निरन्तरता दिँदै ग्राहकहरूलाई झन्झट बिना विदेशबाट आएको रकम वालेटमै दावी गर्न प्रोत्साहन गरेको छ ।
सो बोनस रकम अमेरिका, क्यानडा र अस्ट्रेलियाबाट आएको रेमिटेन्स दावी गर्दा पनि उपलब्ध हुने आइएमई ग्रुपले जानकारी गराएको हो ।

एकवर्षको सफल परीक्षणपछि अब नेपालमा सार्वजनिक हुँदै TUNLAND G7

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

निजी क्षेत्रमा कर्जा प्रवाह ७.१ प्रतिशतले बढ्यो

सुन चाँदी दुबैको घटयो मुल्य

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

सगरमाथालाई नजिकैबाट नियाल्न गौरीटाप

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

प्रतिक्रिया