ए डिभिजन लिग : एनआरटीमाथि फ्रेन्ड्सको सहज जित
काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले सहज जित निकालेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सले न्युरोड टिम एनआरटीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको १४ औं मिनेटमा राफिक अमिनुुले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४१ औं मिनेटमा सन्जिव विष्टले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा टोरिक जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ७६ औं मिनेटमा कप्तान प्रकाश बुढाथोकीले गोल गर्दै फ्रेन्ड्सलाई ३–१ को जित दिलाए । फ्रेन्ड्सको यो चौंथो जित हो । फ्रेन्ड्सले १२ खेलमा १४ अंक जोडेको छ । एनआरटीले १२ खेलमा १३ अंक जोडेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया