लुम्बिनीमा सरकार गठनका लागि आह्वान

बुटवल- लुम्बिनी प्रदेशमा संविधानको धारा १६८ को २ अनुसार सरकार गठनको आह्वान भएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले संविधान कानुन र कतिपय विगतका नजिरहरूका आधारमा संविधानको धारा १६८ को २ अनुसार नै सरकार गठनको आह्वान गरेको बताएका छन् ।
सोमबार नेकपा एमालेले धारा ३ र विपक्षी ८ दलले धारा २ अनुसार सरकार बनाउन दाबी पेश गरेपछि शेरचनले महान्यायाधिवक्ता कार्यालयमा लिखित राय मागेका थिए । तर, प्रदेश प्रमुख कार्यालयले मंगलबार धारा २ अनुसार सरकार गठनको आह्वान गरेको विज्ञप्तिमा उल्लेख छ ।
धारा २ वा ३ प्रयोग गर्ने विषयमा अन्योलमा परिरहेका बेला गण्डकीमा धारा २ प्रयोग भएपछि लुम्बिनीका प्रदेश प्रमुखलाई सहज भएको हो । सरकार गठनको आह्वानसँगै लुम्बिनीमा कांग्रेस नेतृत्वको गठबन्धनले सरकार गठन गर्ने निश्चित भएको छ ।
गठबन्धनले कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ ।
विज्ञप्ति

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया