सिके राउतले दिए उपेन्द्र यादवलाई बधाई

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा–२ बाट विजयी उपेन्द्र यादवलाई शुभकामना तथा बधाई दिएका छन् ।
बैशाख १० गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बारा–२ बाट विजयी जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवलाई राउतले बधाई दिएका हुन् ।
‘जसपाका अध्यक्ष श्री उपेन्द्र यादवज्यूलाई बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं- २ को उपनिर्वाचनमा विजयी हुनु भएकोमा उहाँलगायत जसपाका सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई हार्दिक बधाई,’ राउतले सामाजिक सञ्जालबाट बधाई दिँदै भनेका छन्, ‘जनमत पार्टीलाई मतदान गर्नुहुने र अगाध माया दिनु हुने सम्पूर्णमा कोटिकोटि प्रणाम ।’
बारा–२ मा जसपा नेपाल र जनमत पार्टी मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका थिए । जसपाका यादव २८ हजार ४१५ मतले विजयी भए भने जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मतसहित दोस्रो स्थानमा रहन पुगे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया