बिहीबार २९ जेठ, २०८२
Thursday, June 12, 2025

प्रिमियम लिग : लिड्‌स र लेस्टर सिटी बराबरीमा टुंगिए, बाँडे अंक

काठमाडौँ- लिड्स युनाइटेड र लेस्टर सिटीले बराबरी खेल खेलेका छन् ।

इंगलिस प्रिमियम लिगको जारी खेलमा लिड्‌स र लेस्टर सिटीले १–१ को बराबरी खेल खेलेर अंक बाडेका छन् । 

लिड्सका लुइस सिनिसटेराले सुरूवाती गोल गरेर १–० को अग्रता दिलाएका थिए तर लेस्टरका जेमी भार्डीले गोल फर्काएपछि खेल बराबरीमा टुंगिन पुग्यो । 

यस बराबरीसँगै १६ औँ स्थानमा रहेको लिड्सको ३३ खेलबाट ३० अंक बटुलेको छ भने समान खेलबाटै २९ अंक जोडेको लेस्टर १७औँ स्थानमा छ ।