सेयर बजार राताम्मे

काठमाडौं - साताको चौथो कारोबार दिन बुधबार सेयर बजार राताम्मे भएको छ । यसअघि मंगलबार १७.३६ अंकले बढेको सेयर बजार बुधबार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.६८ अंकले घटेर १८९२ को विन्दुमा झरेको छ । बुधबार सबै उपसूचकहरु ओरालो लागेको छ ।
यसैगरी, २६४ कम्पनीको २५ लाख ७१ हजार २०२ कित्ता सेयर कारोबार हुँदा ८४ करोड ७० लाख रुपैयाँभन्दा बढी रुपैयाँको कारोबार भएको हो । सबैभन्दा धेरै सिवम सिमेन्टको ७ करोड रुपैयाँको सेयर किनबेच भएको हो। यसैगरि तारागाँउ रेजेन्सी होटलको ३ करोड ९० लाख रुपैयाँभन्दा बढिको सेयर कारोबार भएको छ ।
यसैगरि बुधबार जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था ३.२५ प्रतिशत, कुमारी इक्विटी फण्ड २.५१ प्रतिशत, एनआइसि एशिया सेलेक्ट फण्ड २.३० प्रतिशत, उपकार लघुवित्त वित्तीय संस्थाको २.२७ प्रतिशत, ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको २.१८ प्रतिशतले मूल्य घटेको छ ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया