नवलपरासीमा सामसङ टेलिभिजन फ्याक्ट्रीको उद्घाटन

काठमाडौं – स्मार्टफोन र उपभोक्ता मुखी इलेक्ट्रोनिक्स ब्राण्डहरूका विश्वव्यापी अग्रणी कम्पनीहरू मध्येको एक सामसङले नेपालमा वर्षौ देखि साझेदार रहँदै आएको हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा बुधबार एक ल्याण्डमार्क टेलिभिजन कारखानाको उद्घाटन गरेको छ ।
स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने गरी नेपालमा बहु राष्ट्रिय कम्पनीले इलेक्ट्रोनिक्स उत्पादन गर्न स्थापना गरेको पहिलो उदाहरण हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र सामसङ दक्षिण(पश्चिम एसियाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जे बि पार्कले संयुक्त रुपमा नयाँ टेलिभिजन कारखानाको उद्घाटन गरेका थिए ।
उक्त उद्घाटन समारोहमा गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छा, नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुक, सामसङ इलेक्ट्रोनिक्सका नेपाल प्रमुख सुङ जुन पार्क, लगायत अन्य स्थानीय अधिकारीहरूका समेत उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै सामसङ दक्षिण(पश्चिम एसियाका अध्यक्ष एवंंम् प्रमुख कार्यकारी अधिकृत जे बि पार्कले भने, ‘नेपालमा दुई दशक भन्दा बढी समयदेखि रहिरहेको सामसङले नेपाली जनतासँग एउटा बलियो सम्बन्ध गाँसिसकेको छ ।
समारोहलाई सम्बोधन गर्दै गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, ‘सामसङसंगको सहकार्यले नेपालमा यस क्षेत्रमा व्याप्त सम्भावनालाई दर्शाउँछ । यस क्षेत्रलाई प्रवद्र्धन गर्ने उपयुक्त नीतिहरूसँगै हामीले देशको अर्थतन्त्रमा रोजगारी, मूल्य अभिवृद्धि र देशको सिमापारीका अवसरहरूका रूपमा धेरै सकारात्मक योगदान हरू परेको देख्न सक्छौँ ।
उक्त टेलिभिजन कारखानाको शिलान्यास अगष्ट, २०२२ मा गरिएको थियो । यसले देशमा दक्षता र उत्पादकत्व अभिवृद्धि गर्न, अझ धेरै रोजगार सिर्जना गर्न र मजबुत इलेक्ट्रोनिक्स उत्पादन प्रणालीको वातावरण विकास गर्न मद्दत गर्ने विश्वास लिइएको छ ।

निजी क्षेत्रमा कर्जा प्रवाह ७.१ प्रतिशतले बढ्यो

सुन चाँदी दुबैको घटयो मुल्य

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

सगरमाथालाई नजिकैबाट नियाल्न गौरीटाप

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण

पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’

प्रतिक्रिया