कृषि-खाद्य प्रणाली विषयक सापलिङको क्षेत्रीय सम्मेलन काठमाडौँमा सम्पन्न

काठमाडौँ– सुधारिएको पोषण तथा वृद्धिका लागि दक्षिण एसियाली नीति निर्माताहरूको संगठन सापलिङको दोस्रो बैठक कृषि–खाद्य प्रणालीमा सुधार गर्ने सम्बन्धमा नेपालकाे काठमाडौँमा २४ र २५ अप्रिलमा सम्पन्न भएको छ ।
सापलिङको सुरुवाती पहल सन् २०१९ मा भएको थियो । संगठनले दक्षिण एसियामा कुपोषण विरुद्ध लड्न दिगो विकास लक्ष्यहरूसँग आबद्ध भएर खाद्य प्रणालीमा पहुँच पुर्याउने लक्ष्य राखेको छ ।
सापलिङको सम्मेलन डेढ दिनसम्म चलेको थियो र उक्त कार्यक्रममा सापलिङका सदस्य राष्ट्रहरू नेपाल, बंगलादेश, श्रीलङ्का, भारत र भुटानका ८० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सम्मेलनलाई राष्ट्रिय योजना आयोग, नेपालले हाल सापलिङको अध्यक्षता गरिरहेको ब्राक, बंगलादेश र ‘आइपिइ ग्लोबल लिमिटेड’, भारत, विश्वकै सबैभन्दा ठूलो गैर सरकारी विकास संस्था, विकास क्षेत्र ‘थिङ्क एन्ड डु ट्याँक’ र काठमाडौंमा प्रधान कार्यालय रहेको मुनाफा रहित ‘थिङ्क ट्याँक’, सर्वाङ्गीण विकास अध्ययन केन्द्र(आइआइडिएस), नेपालसँगको सहकार्यमा आयोजना गरेको हो ।
सापलिङलाई ‘बिल एन्ड मेलिण्डा गेट्स फाउण्डशेन’को समेत सहयोग प्राप्त छ ।
सम्मेलनको पहिलो दिन सन्दर्भ तयारीमा केन्द्रित थियो । बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनका वरिष्ठ कार्यक्रम अधिकृत सिद्धार्थ चतुर्वेदिले कृषि खाद्य प्रणालीको दृष्टिकोणबाट नीति निर्माताहरूको आवश्यकता र प्राथमिकताहरू अनुरूप कुपोषण विरुद्ध लड्न प्रमाणमा आधारित नीति, कार्य र नेतृत्वलाई मूल प्रवाहमा समाहित गर्न विभिन्न सरोकारवालाहरुबीच आपसी सहमति जुटाउनको लागि क्षेत्रीय मञ्चको औचित्य र यसको महत्वका बारेमा आफ्नो धारणा राखेका थिए ।
राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीले अन्तर सरकारी सहकार्य र निजी क्षेत्रका साझेदार हरू, अन्य सम्बद्ध सरोकारवालाहरूलाई साथमा ल्याउनु पर्ने आवश्यकतालाई दर्साउँदै आफ्ना विचारहरू व्यक्त गरेका थिए ।
राष्ट्रिय योजना आयोग, नेपाल सरकारका सदस्य डा.जय कान्त राउतले दक्षिण एसियाली राष्ट्र लगायत यस क्षेत्रका सबै देशहरूले जलवायु परिवर्तन र फसल उत्पादनपछिको नोक्सानी जस्तो समान चुनौतीहरूको सामना गरिरहेको वर्तमान सन्दर्भमा यो सहकार्य र सहायताका लागि यो एकदम सही समय भएको र सापलिङ जस्तो संस्थाले यस कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताएका थिए ।
दोस्रो दिनमा नीति निर्माताहरूको बीच विभिन्न चारवटा प्यानेल छलफल गरिएको थियो । जहाँ बँगलादेश, श्रीलङ्का, भुटान र नेपालका उच्च पदस्थ सरकारी अधिकारीहरूले प्राथमिकताहरू, कृषि खाद्य प्रणालीहरूलाई मजबुत बनाउनका लागि क्षेत्रीय सहायताका एजेन्डाहरू र सो परियोजनाको लागि विभिन्न प्रारुपहरूका बारेमा विचार विमर्श गरेका थिए ।
साथै क्षेत्रीय सहकार्यलाई अघि बढाउन फसल उत्पादनपछिको नोक्सानी न्यून गर्ने र जलवायु मैत्री कृषिका लागि प्रविधिहरूको उपयोगिताको विषयमा पनि मन्थन गरिएको थियो । कृषि तथा पशुपक्षी मन्त्रालय, नेपाल सरकारका सचिव डा.गोविन्द प्रसाद शर्माले छलफलमा भाग लिएका थिए ।
सम्मेलनमा सीमा पारका निजी क्षेत्रका लगानी कर्ताहरूलाई प्रवर्द्धन गर्ने वातावरण निर्माण गर्ने, सापलिङ राष्ट्रहरूबीच ज्ञान र सीपका सिकाई हरू सम्बन्धी सहकार्यलाई अघि बढाउने विषयमा पनि छलफल गरिएको थियो ।
सम्मेलनमा सहभागी विज्ञ हरू र सरकारी पदाधिकारीहरूले अन्तर सरकारी सहकार्यलाई बढावा दिन र जलवायु मैत्री प्रविधिहरूको प्रयोग, फसल उत्पादनपछिको नोक्सानी न्यूनीकरण, दक्षिण एसियाली क्षेत्रभरीका सदस्य राष्ट्रहरूबाट खाद्य सुरक्षामा सुधार गर्न सापलिङ जस्तो एक पहलले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेमा जोड दिएका थिए ।
पोषण सुरक्षित दक्षिण एसियाको लागि आहार प्रभावित खाद्य प्रणालीहरू परिपालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्मेलनले काठमाडौंमा घोषणा पत्र (स्टेटमेन्ट) जारी गरेको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_mve9Uo7ePh_clejgu2ljmi9gfl6gglknlysru1ckt6infkrijrgegazzdakru00r5yhe3zd.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया