लुम्बिनी सरकारका लागि आज दाबी पेश गरिँदै

दाङ - लुम्बिनी प्रदेशमा आज नयाँ सरकारका लागि दाबी पेश गरिदैछ । मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसकेपछि लुम्बिनी सरकारको नेतृत्वका लागि आज दाबी पेश गरिन लागिएको हो ।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षर सहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न २०८० वैशाख १४ गते बिहीवार ४ बजेभित्र दाबी पेश गर्न आह्वान गरिएअनुसार आज राजनीतिक दलहरूले दाबी पेश गर्न लागेका हुन् ।
नयाँ सरकारका लागि सत्तारूढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस दुवैले दाबी गरेका छन् । तर, कसको नेतृत्वमा सरकार गठन हुने हो ? त्यो भने अझै टुंगो लागेको छैन ।
एक महिनाअघि भने कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पुनः उपधारा २ बमोजिम नै सरकार गठन हुनुपर्ने दाबी पेश गरेका थिए ।
यद्दपि दुवै दलका नेताले सहमतिमा नै सरकार गठनका लागि दाबी पेश गर्ने जनाउँदै आएका छन् ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया