काठमाडौँका विद्यालयमा राजनीतिक गतिबिधि गरे प्रधानाध्यापकमाथि कारबाही

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिबिधि तथा कार्यक्रम आयोजना गर्न गर्न दिने प्रधानाध्यापकमाथि कारबाही गर्ने जनाएको छ ।
महानगरपालिकाले आफू माताहातका सबै विद्यालयहरूलाई परिपत्र गर्दै त्यस्तो कार्यक्रम गर्न अनुमति दिने प्रधानाध्यापकलाई विभागीय कारबाही गर्नेसम्मको चेतावनी दिएको हो ।
महानगरपालिकाका शिक्षा अधिकारी सिताराम कोइरालाका अनुसार विद्यालय हाताभित्र अझै पनि राजनीतिक दल र भातृ संगठनका कार्यक्रमहरू भएको प्रमाणसहित उजुरी प्राप्त भएपछि सो निर्देशन जारी गरिएको हो ।
‘कुनैपनि राजनीतिक दल र भातृ संस्थाका कार्यक्रम विद्यालयभित्र गर्न नदिन सूचित गरिन्छ,’ महानगरद्धारा जारी निर्देशनमा भनिएको छ, ‘अनुगमनका क्रममा यस्तो कार्यक्रम गरेको भेटिए वा प्रमाण पुगेको अवस्थामा प्रधानाध्यापकमाथि विभागीय कारबाही हुने ब्योहोरासमेत जानकारी गराइन्छ ।’

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया