शीतभण्डार निर्माणमा लगातार अनियमितता

मकवानपुर - कृषिलाई पहिलो प्राथमिकता भन्दै निर्माण सुरु गरिएको शीत भण्डार निर्माणको क्रममा पाइलैपिच्छे रकम हिनामिना गरिएको पाइएको छ । बागमती प्रदेश सरकारले पहिलो मुख्यमन्त्री डोरमणि पौडेलकै पालामा प्रदेशको १० जिल्लामा शीतभण्डार निर्माणको कार्यक्रम अघि सारेको थियो । तर कहिले सरकारमा नेतृत्व गर्ने दल फेरिएकै कारण काम राकिने त कहिले व्यापक हिनामिना गर्ने क्रम यी योजनाहरुमा रोकिएको छैन ।
प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा शीत भण्डार निर्माणमा एकपछि अर्को अनियमितता नरोकिएको लेखापरीक्षणमा देखिएको हो । अघिल्लो वर्ष पनि शीतभण्डार निर्माणको क्रममा अनियमितता भएको महालेखाले औल्याएको थियो । यस पटक पनि उसैगरी अनियमितता भएको देखिएको हो ।
प्रदेशको प्रत्यक जिल्लाको शीत भण्डार निर्माणको काम एउटै ठेकेदारलाई मिलेमतोमा दिइएको काममा हरेक वर्ष रकम भुक्तानीका क्रममा थप अनियमितता फेला पर्दै गएको छ ।
सुरुवाती चरणमै मिलेमतोमा ठेकेदारकै सेटिङमा शीत भण्डार निर्माणको काम भएको हो । शीत भण्डारको औचित्य र आवश्यता समेत नहेरीकन यो अनियमिततालाई रोक्नुको सट्टा थप प्रोत्साहन दिदै आएको छ । कार्यविधि अनुसार साझेदारीमा शीत भण्डार निर्माणको थप रकम सहकारीले भुक्तानी गर्नुपर्ने हो । तर यहाँ सहकारीले व्यवहोर्नुपर्ने रकम समेत मन्त्रालयबाटै भुक्तानी भएको महालेखाले औल्याएको छ ।
तीन करोड ८५ लाख ११ हजार रुपैयाँ मन्त्रालयले ठेकेदार संगको मिलेमतोमा अनियमित तरिकाले भुक्तानी गरेको हो । बागमती प्रदेशको धादिङ जिल्लामा निर्माणाधीन शीत भण्डारको रकम निकासा साझेदार संस्थाले बेहोर्नुपर्ने भए पनि मन्त्रालयले बेहोरेकोमा महालेखा परिक्षकको कार्यालयले यो भुक्तानी उपयुक्त नदेखिएको जनाएको छ ।
प्रदेशतर्फको महालेखाले गरेको पाँचौ वार्षिक प्रतिवेदनमा एकै प्रकृतिका काममा पनि फरक फरक कार्यविधि निर्माण गर्दै रकम फरफार गर्दै गरेको जनाइएको छ । मन्त्रालयबाट विभिन्न जिल्लाका १० वटा स्थानीय तहमा शीत भण्डार निर्माणका लागि १ अर्ब १७ करोड ३ लाख रुपैयाँमा निर्माण गर्नेगरी संझौता गरिएको थियो ।
त्यसमध्ये ७० प्रतिशत कृषि मन्त्रालयले र अरु ३० प्रतिशत स्थानीय सहकारी संस्थाहरुले बेहोर्ने भनिएता पनि त्यो रकम त्यस क्षेत्रका स्थानीय तहले रकम भुक्तानी गरेकोमा महालेखा परिक्षकको कार्यालयले प्रश्न गरेको हो ।
साझेदार सहकारी संस्थाबाट बेहोर्नुपर्ने ३० प्रतिशत रकममा ३५ करोड १९ लाख रुपैयाँ बुझाउनुपर्ने हुन्छ । तर, त्यो रकम साझेदार संस्थाले बुझाउनुपर्नेमा सम्वन्धित साझेदार संस्थाले २१ करोड २६ लाख ५० हजार रुपैयाँ बुझाएका छन् ।
अरु १३ करोड ९२ लाख ५० हजार रुपैयाँ भने सम्बन्धित स्थानीय तहले बुझाएकाले यो रकम असुल गरी प्रदेश सञ्चीत कोषमा जम्मा गर्न महालेखाले भनेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता झलकनाथ कंडेलले भने मन्त्रालयले पहिलेदेखि गर्दै आएका कामलाई नियमितता दिएको र गत आर्थिक वर्षमा केही नयाँ काम नभएको बताए ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया