प्रचण्डको फोन कुर्दै माओवादी, माओवादीको हस्ताक्षर कुर्दै कांग्रेस

पोखरा - वैशाख ९ गते एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारले विश्वास गुमाएपछि सोही दिन वा भोलिपल्ट नयाँ सरकार बनिसक्नुपर्ने हो । तर, मुख्यमन्त्रीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको दाबी कायम रहेका कारण सरकार गठन प्रक्रिया अघि बढ्न सकेको छैन ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिसकेका छन् । प्रदेश प्रमुख गुरुङले दिएको समयसीमा सकिनै लागेको छ । बिहीबार दिउँसो ४ बजेसम्मका लागि गुरुङले दलहरूलाई संविधानको धारा १६८ उपधारा २ अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिएका थिए ।
सरकार गठनका लागि आह्वान गरेको समय वित्नै लाग्दासमेत गण्डकीमा कसको नेतृत्वमा सरकार गठन हुने भन्ने अल्झन फुकेको छैन । गण्डकीको मुख्यमन्त्री माओवादीले पाउने संकेत पाएपछि सोमबार कांग्रेस सांसदहरू काठमाडौं पुगेका थिए । शीर्ष नेताहरूले कांग्रेसकै नेतृत्वमा गण्डकी सरकार बन्ने आश्वासन दिएपछि मंगलबार उनीहरू पोखरा फर्किए । त्यसपछि कांग्रेस हस्ताक्षर संकलनमा लागे । तर, माओवादीले समर्थनको हस्ताक्षर नदिँदा गण्डकीमा नयाँ सरकार गठनमा ढिलाइ भएको छ ।
शीर्ष नेतृत्वले कांग्रेसलाई मुख्यमन्त्री दिने सहमति गरेको थाहा पाएपछि मुख्यमन्त्रीमा दाबी गरेका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान मंगलबार काठमाडौं गएका थिए । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गण्डकीको नेतृत्व गुमाउन नहुने सुझाव दिएर फर्किए । ‘सरकारको नेतृत्व कांग्रेसले गर्ने भन्ने चर्चा सुनेर आएको हुँ भनें । निर्णय के भएको हो भनेर सोधें,’ उनी भन्छन्, ‘प्रचण्ड कमरेडले कुनै निर्णय भएको छैन भन्नुभयो । कांग्रेस सभापति शेरबहादुर देउवासँग बसेर निर्णय गरेपछि फोन गर्छु भन्नुभयो । म पोखरा फर्किएँ ।’
चुमानले आफू प्रचण्डको फोन कुरिरहेको बताएका छन् । शीर्ष नेताहरूबीच निर्णय नभएका कारण प्रदेशमा छलफल गर्ने एजेन्डासमेत नपाएको उनको भनाइ छ । ‘मुल कुरै आएको छैन । पहिला त नेतृत्वको विषय टुंगिनुपर्यो नि,’ उनले थपे, ‘त्यसपछि कसलाई कुन मन्त्रालय र कुन पार्टीलाई कतिवटा मन्त्रालय भन्ने कुरामा छलफल हुन्छ ।’
कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले माओवादीको समर्थन पाउनेवित्तिकै मुख्यमन्त्रीमा दाबी पेस हुने बताए । ‘माओवादीको समर्थन कुरेर बसेका छौं । बिहीबार बिहानसम्म छिनोफानो हुने बताउनुभएको छ,’ उनले भने, ‘कांग्रेस तयार अवस्थामा छ । माओवादीलाई कुरिरहेका छौं ।’ पाण्डे बुधबार नै मुख्यमन्त्रीमा दाबी पेस गर्ने योजनामा थिए ।
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_tv8Q8f0IPE_tfwtuxsvykcb3u604fsxvuy4armamjwghblh2kb8ypl6dvtargrwrvvmdc4n.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

प्रतिक्रिया