पूर्वरानीको स्वास्थ्य अवस्था सामान्य, वार्डमा सारियो

काठमाडौँ : पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको अस्पतालले जनाएको छ । शाह १८ दिनदेखि उपचाररत रहेको नर्भिक अस्पतालले भर्ना भएको केही दिनपछि उनलाई प्लाज्मा थेरापी विधिबाट उपचार गरेको थियो । स्वास्थ्य अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसियूबाट वार्डमा सारेर उपचार जारी राखिएको अस्पतालले उल्लेख गरेको छ ।
‘अब आफैं श्वासप्रश्वास गर्न सक्ने भएपछि अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको छ,’ अस्पतालले भनेको छ , ‘स्वास्थ्यमा दैनिक र क्रमिक सुधार भइरहेको छ ।’ यसैगरी, पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्थामा निकै सुधार भएको दुई दिन पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । पूर्व राजा शाहलाई भने अहिले अक्सिजनको आवश्यकता नरहेको अस्पताल प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया