सौगात–अनुपलाई लिएर ‘चोर पुलिस’घोषणा

काठमाडौँ - फिल्म घोषणा गरेर पनि नबनाउने बानी परेका मुकुन्द भट्टले फेरि अर्को फिल्म घोषणा गरेका छन् । उनले कलाकारको जम्बो टोली लिएर ‘चोर पुलिस’ बनाउने घोषणा गरेका हुन् । कमेडी श्रेणीमा बन्ने फिल्मलाई म्याक मिडियाले बनाउने भएको हो । फिल्मलाई सुदीचन्द्र बख्रेलले निर्माण गर्नेछन् । समिर खरेल र सुमन ढकाल कार्यकारी निर्माताको रहने निर्माण टिमले जनाएको छ ।
भट्टले यसअघि बलिउड अभिनेता सुनिल सेठ्ठीलाई समेत लिएर ‘एक्स नाइन’ बनाउने घोषणा गरे पनि त्यो फिल्म बनेको थिएन । अनमोल केसीसमेत रहेको सो फिल्म बेलामा नबनेपछि अनमोलले पैसा फिर्ता दिएको समाचार आएका थिए । फिल्मलाई मुकुन्द भट्ट, नरेश नाथ योगी र सुमन सुनार मिलेर लेखेका हुन् भने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, दीपक आर जे र राजु भट्टको संगीत रहनेछ ।
फिल्ममा सौगात मल्ल ,अर्पण थापा , शक्ति श्रेष्ठ , पुष्प खड्का , अनुप बिक्रम शाही , कामेश्वर चौरसिया , सुपर गुरुङ , प्रमिला उप्रेती , इन्द्रप्रसाद खरेल , छनोट भैसकेका छन् भने मुख्य नायिका छनोट हुन बाँकी रहेको निर्देशक भट्टले बताएका छन् । चलचित्र को छायांकन अमेरिका ,क्यानाडा , अस्ट्रेलिया र नेपालमा हुनेछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया