नेपालमा भान्से बने तमिल अभिनेता अजितकुमार

काठमाडौँ - तमिल अभिनेता अजितकुमार यात्रा प्रेमी अभिनेताको रुपमा चिनिन्छन् । फिल्मको सुटिङबाट फुर्सदको समयमा बाइकमा न घुम्न निस्कन्छन् । बाइकमा नै युरोपदेखि थाइल्यान्डसम्म यात्रा गरेका अजितकुमार अघिल्लो हप्ता नेपाल भ्रमणमा थिए ।
काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका अजित काठमाडौँ घुमेर मुस्ताङ पुगेका थिए । उनलाई चिनेका नेपालीलाई रोकिएको ठाउँमा स्वागत गर्दै प्रशस्त टिकटक बनाएका छन् । उनी फर्केपछि नेपालको कुनै रेष्टरेन्टमा भान्से बनेको भिडियो यतिबेला सामाजिक सञ्जालमा छाएको छ ।
भिडियोमा अजित नेपालको कुनै रेष्टरेन्टको भान्सामा छिरेर नेपाली कुकसँग खाना पकाइरहेका छन् । सुरुमा अजित चार दिनको सुटिङका लागि आएको बताए पनि पछि त्यो पुष्टि हुन सकेको थिएन । अजित पछिल्लो समय ‘थुनिभु’मा देखिएका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया