नक्कलको आरोपपछि ‘नम्बरी सुन’को पोस्टर फेरियो

काठमाडौं - राजु गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’को बिहीबार दोस्रो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका प्रमुख पात्र गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली फिचर्ड छन् । फिल्म आगामी भाद्र १ गतेबाट प्रदर्शनमा आउँदै छ । पहिलो पोस्टर सार्वजनिक भए लगत्तै निर्माण टिमले नक्कलको आरोप खप्नु परेको थियो । गौरव पहारीले नम्रता सापकोटालाई बोकेको पोस्टर बलिउड फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएँगे’सँग दुरुस्त मिलेको थियो ।
सार्वजनिक पोस्टरमा कलाकारको भावलाई प्रस्तुत गरिएको छ । पोस्टरमा अभिनेत्री नम्रता सापकोटालाई साधारण महिलाको रुपमा प्रस्तुत गरिएको छ । त्यस्तै गौरवलाई केही आक्रोशित मुडमा देखाइएको छ । फिल्ममा खलपात्रको भूमिकामा देखिएका किरणलाई काँधमा हतियार बोकेर आक्रोशमा देखाइएको छ । अभिनेता सरोजलाई गम्भीर चरित्रमा देखाइँदा राजाराम र बुद्धि आश्चर्यको शैलीमा प्रस्तुत छन् ।
नारायण खातीको शब्द कथा तथा प्रस्तुति रहेको फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी,लगायत कलाकारको अभिनय रहेको छ ।
सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ । फिल्ममा सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी छ ।
फिल्ममा राजेशपायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर रहेको छ । अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन रहेको छ ।
फिल्ममा विनोद भुजेलको ब्याकग्राउन्ड स्कोर, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन छ । फिल्मलाई काठमाडौं उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया