पाेर्चुगल भनेर अजरबैजान पुर्याइयाे, १४ लाख लिएर अलपत्र पार्ने पक्राउ

काठमाडौं- अजरवैजान पुर्याई ठगी गरेको अभियोगमा टीकापुर नगरपालिका-१ घर भएका कृतक बहादुर साउँदलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले ४० वर्षीय साउँदलाई बुधबार काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको हो ।
साउँदले कैलालीको वर्दगोरीया गाउँपालिका-६ का दिनेश बमलाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पुर्याइदिने भन्दै अजरबैजान पुर्याएर दुई महिनादेखि अलपत्र पारेको प्रहरीले जनाएको छ । पोर्चुगल पुर्याएर मासिक दुई लाख नेपाली रकम हुनेगरी काम लगाइदिने भन्दै उनले बमलाई ललाइफकाइ गरेका थिए ।
उनले बमसँग विभिन्न प्रलोभन पार्दै पटक-पटक गरेर १३ लाख ९२ हजार लगेर अलपत्र पारेको प्रहरीले जनाएको छ । अलपत्र पारी ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि महाशाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ ।

जैविक विविधता अनुगमनका लागि क्यामेरा र जिपिएस उपकरण जडान

आजदेखि धरहरा १२ घण्टा खुल्ने

सूचना आयोगद्वारा डिजिटल प्लेटफर्म सार्वजनिक

बालबालिकाको मोबाइल लत छुटाउने यी हुन् पाँच टिप्स्
आज साउन १ : कर्कट (साउने) सङ्क्रान्ति पर्व

आज यस्तो छ तपाईंको राशिफल

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका किशोर श्रेष्ठ

प्रतिक्रिया