२५ वर्षपछि करण जोहरको फिल्ममा काम गर्दै सलमान खान

मुम्बई - बलिउडमा यशराज फिल्मपछि ठूलो संख्यामा फिल्म बनाउने करण जोहर र सलमान खान २५ वर्षपछि फिल्ममा सँगै काम गर्ने भएका छन् । सन् १९९८ मा रिलिज भएको ‘कुछ कुछ होता है’मा दुवैले पहिलो पटक सहकार्य गरेका थिए । शाहरुख खान र काजलको मुख्य भूमिका रहेको फिल्ममा सलमान खान अतिथि भूमिकामा थिए । थुप्रै हिरोले अतिथि भूमिका गर्न अस्वीकार गरेको समयमा सलमानले भने स्क्रिप्ट पनि नहेरी फिल्म खेल्न राजी भएको करण जोहरले बताउने गरेका छन् ।
त्यसयता शाहरुखलाई लिएर लगातार फिल्म बनाएका करण जोहरले शाहरुखलाई अतिथि भूमिकामा भए पनि छुटाउने गरेका छैनन् । करण जोहरको पछिल्लो रिलिज ‘ए दिल है मुस्किल’मा पनि शाहरुखले छोटो भूमिकामा अभिनय गरेका छन् ।
तर सलमानसँग भने करण जोहरको काम गर्ने संयोग न आफूले निर्देशन गरेको फिल्ममा जुरेको थियो न निर्माण गरेको फिल्ममा । अब भने जुर्ने भएको छ । आउँदो वर्षको यही समयमा रिलिज हुने गरी फिल्मको काम अगाडि बढिरहेको छ ।आउँदो वर्षको इदमा रिलिज हुने गरी निर्माणको तयारी भइरहेको फिल्मको बाँकी जानकारी भने गोप्य राखिएको छ । फिल्मको निर्देशक र बाँकी कलाकार सार्वजनिक भइसकेका छैनन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया