बसुन्धारामा‘कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’ सञ्चालन गरिने

काठमाडौँ : कोभिड-१९ संक्रमितको संख्या बढ्दै जाँदा नेपाली सेनाले काठमाडौँको बसुन्धारामा ‘कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’ संचालन गर्ने तयारी गरेको छ । केही दिनभित्रै संचालनको तयारीमा रहेको ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को मंगलबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले निरीक्षण गरेका छन् ।
सुविधासहित तत्काल ८८ शैयाको अक्सिजन थेरापी संचालन गर्न लागिएको हो । आवश्यकता अनुसार २ सय बेडसम्म संचालन गर्ने तयारी गरिएको छ । आइसोलेशन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ ।
आइसोलेशन केन्द्र संचालनमा आएपछि कोरोनाका बिरामीहरूको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ । केन्द्रको निरीक्षण पछि सिसिएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले काठमाडौंमा उपलब्ध ठूला भवनहरूलाई आइसोलेशन केन्द्रका रूपमा संचालन गरी कोरोना संक्रमितहरूको उपचार गर्ने सोच बनाएको र सोही अनुसार विरेन्द्र सैनिक अस्पताल र राधास्वामी संस्थाबाट भएको योगदान प्रंशंसनीय भएको बताए । उनले यो केन्द्र संञ्चालनमा आएपछि कोभिड संक्रमितको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
निरीक्षणका क्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञानमाया डंगोललगायतको सहभागिता थियो । आइसोलेशन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो ।

तीन वटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधिसभा बैठकः दुई विधेयक प्रस्तुत हुने

कुलिङ पिरियड तोडमोड गर्नेलाई छुट दिनुहुन्न : अर्जुननरसिंह केसी

‘आन्तरिक द्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा’

विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रियः महासचिव पोखरेल

कम्युनिष्ट पार्टीका नेताले सरकारको नेतृत्व सम्हाल्दा समेत देशको अवस्था राम्रो हु…

गणतन्त्रको सबैभन्दा बढी चिन्ता तथा सरोकार आफूहरुलाई छः अध्यक्ष प्रचण्ड

प्रतिक्रिया