जब नक्कली पैसा तिरेर मैदा र तेल किनियाे...

काठमाडौं । ललितपुरबाट नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका-१३ झरूवासीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।
पक्राउ पर्नेमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-११ घर भई झरूवासी बस्ने ३६ वर्षीय जीवन भन्ने सुरेश तामाङ र कास्की मादी गाउँपालिका-१ का २१ वर्षीय भुपाल विक छन् ।
गत आइतबार जीवनले किराना पसलमा गएका थिए । ५ किलो मैदा र दुई लिटर खाने तेल किनेर उनले एक हजार रुपैयाँको नोट पसले दिनेश तिमल्सिनालाई थमाए। तर तिमल्सिनाले उक्त नोट जाली हो भन्ने थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि खटिएको डिएसपीसहितको टोलीले उनलाई पक्राउ गरेको थियो । जीवनबाट प्रहरीले एक हजारको, पाँच सय, एक सयको एक-एक वटा जाली नोट बरामद गरेको थियो ।
उनीमाथि प्रहरीले मुद्रासम्बन्धी कसुरमा ललितपुर जिल्ला अदालतबाट ५ दिन म्याद थपेको थियो । उनीमाथि बयान लिएर प्रहरीले अर्का व्यक्तिको पनि संलग्नता रहेको खुलेको हो ।
त्यसपछि प्रहरीले बिहीबार गोदावरी-११ बज्रबाराहीबाट भुपाललाई पक्राउ गरेको हो । उनीबाट पनि ५ सयको एउटा, एक सयको एउटा नोट फेला पारेको हो ।
उनको डेरामा प्रहरी पुग्दा प्रहरीले प्रिन्टर पनि बरामद गरेको थियो। डेराबाट पनि थप एक हजार, ५ सय र एक सयको फोटो कपी गरिएका कागजहरू पनि फेला पारेको हो ।
उनीमाथि पनि प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी साहले बताए । उनीहरूले कहिलेदेखि यो काम गरिरहेका थिए भन्ने खुलिसकेको छैन ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया