बलिउड चलचित्रमा नेपाली अभिनेता टंक

काठमाडौँ- लियो ट्याङ्कको उपनामले परिचित नेपाली चलचित्र तथा साङ्गीतिक भिडियोमा देखिएका अभिनेता टंक धमलाले हालै भारतीय चलचित्र ‘एनिमल’ मा अभिनय गरेका छन् । ‘अर्जुन रेड्डी’ र त्यसको रिमेक ‘कविर सिंह’ निर्देशन गरेर स्थापित भएका निर्देशक सन्दीप रेड्डी भाङ्गाको ग्याङ्स्टर ड्रामामा काम गर्दा धेरै कुरा सिकेको उनले बताए ।
'झन्डै दुई साता छायाङ्कन भयो । बलिउडका प्रसिद्ध कलाकारसँग काम गर्दा मैले सिक्ने अवसर पनि पाएँ,' अभिनेता धमलाले भने, 'म एजेन्सीमार्फत चलचित्रमा छानिएको हुँ । अभिनेता बबि देओलका भाइको भूमिका निर्वाह गर्न पाएँ, आत्मविश्वास बढेको छ ।'
नेपाली चलचित्र ‘सरौतो’ पश्चात नै नेपाली मिडिया र चलचित्रकर्मीको आँखामा परेका अभिनेता धमलाले बेलायत बस्ने भएकाले धेरै काम गर्न सकेका छैनन् ।
उनले बेलायतको तालिममा सहभागी भएर अभिनय गरेका हुन् । लन्डनमा पेसाले चार्टर्ड एकाउन्टेन्ट टंकले यसअघि नेपाली तथा ब्रिटिस चलचित्र, विज्ञापन, भिडियोमा काम गरिसकेका छन्। 'गिल्फोर्ड एयरपोर्ट, हर्टफोर्डसायरस्थित ब्रोकेट हललगायत हेरिटेज साइटमा छायाङ्कन गरेँ । मैले अन्य प्रोजेक्टमा पनि काम गरेका कारण निर्धक्क प्रस्तुति दिएँ,' अभिनेता धमलाले भने, 'चलचित्रमा के–कस्तो रूपमा देखिन्छु थाहा छैन । यद्यपि यसलाई मैले सिकाइका रूपमा सदुपयोग गरेँ ।'
चलचित्रमा अभिनेता रणवीर कपुर, बबि देओल, अनिल कपुर, तृप्ती डिम्री, रश्मिका मन्दना आदि कलाकारले अभिनय गरेका छन् । ‘एनिमल’ बाहेक उनले बलिउड निर्देशक जाइघम इमामको ‘सुपर वुमन’ र दिवाकर भट्टराईको ‘हनी बनी’ मा समेत अभिनय गरेका छन् । रासस

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया