सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडाैं - आज प्रतिनिधिसभा बैठक बस्दैछ । स‌ंघीय स‌सद् भवन, बानेश्वरमा अपरान्ह १ बजे सो बैठक बस्ने छ।

यसअघि संसदीय सुनवाइ समितिमा सदस्यहरू मनोनयन गर्ने, सत्य  निरूपण तथा मेलमिलाप आयोगका लागि विशेष समिति गठन गर्ने तथा संवैधानिक परिषद् सबन्धी ऐन पारित गर्ने लगायतका कार्यसूची राखेर बैठक बोलाइएको थियो । 

तर, मुख्यतः संवैधानिक परिषद् ऐनमा प्रधानमन्त्रीलाई बिशेषाधिकारसहित राखेर नयाँ प्रस्ताव ल्याएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाउँदा बिद्येयक कार्यसूचीबाट हट्न पुगेको थियो । 

यस अघि माथि उल्लेखित प्रमुख विषय नै समावेश नगरी बैठक बसेको थियो ।