एमालेका फरार सांसद कोइरी उद्योग समितिमा सिफारिस

काठमाडौँ- संघीय संसद्का ‘फरार सांसद’ लक्ष्मी महत्तो कोइरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस भएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद् सचिवालयमा बुझाएको विवरण अनुसार सांसद कोइरी उद्योग समितिमा सिफारिस भएका हुन् । सो सिफारिस अनुसार प्रतिनिधिसभा बैठकले अब उनको नाम अनुमोदन गर्नेछ ।
मधेस आन्दोलन-२ को क्रममा महोत्तरीमा कार्यरत असई थमन विकको हत्यामा संलग्न भएको भन्दै उनलाइ सजाय सुनाएपछि कोइरी ‘फरार’ रहेका छन् । तर, उनले संसद् सचिवालयमा पत्र लेखेर स्वास्थ्यका कारण देखाउँदै बैठकमा उपस्थित हुन नसकेको जनाउँदै आएका छन् ।
बिना सूचना १० पटकसम्म लगातार बैठकमा अनुपस्थित भएमा स्वतः सांसद पद खारेज हुने भएपछि कोइरीले पत्र लेखेर उपस्थित हुन नसकेको जनाएका हुन् ।
यसैगरी, सबै संसदीय समितिमा पहाडीया तथा खस आर्य समुदायका सदस्य रहे पनि उद्योग समितिमा भने एक जना पनि पहडिया खस समुदायको सदस्य सिफारिस भएका छैनन् ।
कोइरीसमेत रहेको सो समितिमा रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मंगलप्रसाद गुप्ता रहेका छन् ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया