प्रतिनिधिसभा बैठक : संवैधानिक परिषद् सम्बन्धी विधेयकमा कार्यसूचीमै अटेन

काठमाडौँ- संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथी आज पनि छलफल नहुने भएको छ ।
प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा आज पनि सो विधेयक समावेश नभएपछि छलफल नहुने भएको हो ।
यसअघिको बैठकमा सो विधेयकमाथि छलफल गर्ने भनेर सम्भावित कार्यसूचीमा समावेश गरिएपनि अन्तिम समयमा हटाइएको थियो । अघिल्लो बैठकमा कार्यसूचीबाट हटाइएको सो विधेयक आज आउने अपेक्षा गरिएको थियो ।
सो विधेयक पारित हुन नसक्दा सर्वोच्च अदालतमा प्रधानन्यायाधिस नियुक्त हुने बाटो खुल्न अझै सकेको छैन् । कायममुकायम प्रधानन्यायधिसबाट चल्दै आएको न्यायालयलाई नेतृत्वविहीन अवस्थाबाट मुक्त गराउनका लागि सो विधेयक पारित हुनु अनिवार्य छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्का अध्यक्ष (प्रधानमन्त्री)लाई बिशेषाधिकारीसहितको सर्त राखेर विधेयकको प्रस्ताव गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने आपत्ति जनाएको छ । जसका कारण सो विधेयक संसद्मा पेश हुन सकिरहेको छैन ।
तर, आजको बैठकमा संघीय संसद् अन्तर्गतका संयुक्त तथा प्रतिनिधिसभा अन्तर्गतको बिषयगत समितिका सदस्यहरूको नाम भने मनोनयन हुने भएको छ ।
आज संसद्ले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा संसदीय समितिमा सदस्य मनोनयन मात्रै हुने उल्लेख छ ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया