एक्सन फिल्म सुटिङका लागि नेपाल आउँदै हलिउड अभिनेता लियाम नेसन

लसएञ्जल्स - हलिउड फिल्म ‘टेकन’ अभिनेता लियाम नेसन एक्सन फिल्म 'आइस रोड २ : रोड टु दि स्काई' सुटिङ गर्न नेपाल आउने भएका छन् । हलिउड पत्रिका डेडलाइनका अनुसार हिमालय क्षेत्रमा सुटिङ हुने यो फिल्मका लागि लियामले उत्तरी क्यानडा र नेपालको हिमाल छिचोल्नेछन् ।
लियाम फिल्ममा आइस रोड चालक माइक म्याकनको भूमिकामा हुनेछन् जो आफ्नो भाइको अन्तिम इच्छा पूरा गर्न नेपालको सगरमाथामा पुग्नेछन् । भाइको अस्तु सगरमाथामा सेलाउने उद्देश्यले नेपाल आएका लियामले आफूसँग आएका यात्रु र स्थानीय जनतालाई बचाउन भाडाका नेपाली सिपाहीको समूहसँग लड्नेछन् ।
यो फिल्मलाई डाइ हार्ड लेखक निर्देशक जोनाथन हेन्सलेघले निर्देशन गर्दैछन् ।
लियामले सन् २०२१ मा एक्सन फिल्मबाट सन्यास लिने घोषणा गरेका थिए । सन्यास घोषणालाई बिर्सँदै यही साल रिलिज भएको फिल्मको सिक्वेलका लागि लियाम नेपाल आउन लागेका हुन् । तर यो फिल्मको सुटिङ २०२४ बाट हुनेछ । फिल्ममा पहिलो भागका धेरै कलाकार दोहोरिने निर्देशक हेन्सलेघले जनाएका छन् । तर यो फिल्मको प्रदर्शन मिति भने सार्वजनिक भएको छैन । यसको अघिल्लो भाग हलमा हिट भएको थियो भने नेटफ्लिक्सले पनि महंगो रकममा खरिद गरेको थियो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया