फलामे छड बोकेको ट्याक्टरमा ठोक्किएर सैनिक जवानको मृत्यु

रौतहट- वीरगञ्ज–कलैया सडकखण्डमा रड बोकेको ट्रयाक्टरको पछाडि ठोक्किदा एक जना सैनिक जवानको मृत्यु भएको छ।
वीरगञ्जबाट रड बोकेर रौतहटको देवाहि गोनाही आउँदै गरेको ना ५ त ८२५० नम्बरको ट्याक्टरमा गएराति मोटसाइकल ठोक्किँदा सवारी चालक सैनिक जवानको मृत्यु भएको हो ।
चितवनबाट आफ्नो घर फर्किने क्रममा कलैया उपमहानगरपालिका– १६ का राजनकुमार रामले चलाएको मोटरसाइकल बाराको सिसहनीया चोक नजिकै करिब ९ बजे ठोक्किएको थियो । प्रहरीका अनुसार टयाक्टरमा ठोक्किएका सैनिक जवान रामको शरिर भरी रड छिरेको छ ।
उनी चितवनस्थित नेपाली सेनाको ब्यारेकमा कार्यरत रहेको खुल्न आएको छ ।
सो घटनापछि मृतकलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल कलैया पठाइएको तथा ट्याक्टर चालक रौतहट देवाहि गोनाही– ६ टिकुलियाका ३० वर्षीय रमेश तिवारीलाई नियन्त्रणमा लिइएको छ ।

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

प्रतिक्रिया